वार्ताबाट समस्या समाधान गर्न भारत-पाकिस्तानलाई नेपालको आग्रह

काठमाडौं – भारत र पाकिस्तानबीच बढ्‍दो तनाव र  १४ फेब्रुअरीमा भएको जम्मु र कास्मरमा भएको आतंकवादी हमलाप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाइएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै जघन्य आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको उल्ल‍ेख गरिएको छ।

नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत रहेकोले दक्षिण एसियामा शान्ति र स्थायित्वलाई जोड दिने विज्ञप्‍तीमा उल्ल‍ेख छ। दुवै राष्ट्रलाई शान्ति र स्थायित्व कमजोर पार्ने क्रियाकलापहरु रोक्‍न समेत नेपाल सरकारको आग्रह गरेको छ।

नेपाल सरकारले दुवै राष्ट्रलाई वार्ता र शान्तिपूर्ण रुपमा तनावलाई सामान्यीकरण गरेर समस्याको हल गर्नसमेत आग्रह गरेको छ।

जम्मु र कास्मिर भारत र पाकिस्तानबीच लामो समयदेखि विवाद हुँदै आएको छ। बुधबार दुई वटा भारतीय विमानलाई पाकिस्तानले खसालेकोसमेत दाबी गरेको छ। पाकिस्तानको दाबी अनुसार एक जना भारतीय पाइलटसमेत पाकिस्तानको नियन्त्रणमा छ। भारतले पनि आफ्नो एक जना पाइलट हराएको स्वीकार गरेको छ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ती

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *