मेरो ध्यान भरतपुरको बिकास र समृद्धिमा मात्रै छ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकामा मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह बिचको विवाद उत्कर्षमा पुगेको छ । प्रमुख रेनु दाहाललाई विभिन्न दोषारोपण गर्दै सार्वजनिक रुपमा उत्रन थालेपछि तनावको अवस्था सिर्जना भएको हो ।

उपमेयर पार्वती शाह ठकुरीले पत्रकार सम्मेलन गरेर मेयर माथि आरोप लगाएपछि मेयर रेनु दाहालले आज पत्रकार सम्मेलन गर्दै आरोप प्रमाणीत गर्न चुनौती दिएकी छन् । मेयर दाहालले उपमेयरका नातागाेतालाई जागिर नखुवाएको कारण उपमेयर शाहले जनतामा भ्रम छरिरहेको बताइन् ।

महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर रेनु दाहालले उपप्रमुखले गलत आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको बताएकी छन् ।

महानगरपालिकाको विकास र समृद्धिमा असर पार्ने तरिकाले कपोकल्पित विषय उठाएर हिँड्नु आपत्तिजनक भएको भन्दै उनले उपप्रमुखले आफ्ना प्रशासकीय प्रमुखले नटेरेको भन्दै विषय उठान गरेको र पछि मेयरले अनियमितता गरेको भन्दै अफवाह फैलाउन खोजेको बताइन् । व्यक्तिगत कुण्ठा पालेर महानगरको विकासमा उपमेयरले असहयोग भन्दै मेयर दाहालले महानगरपालिकाले गरेको अनियमितता, भ्रष्टाचार, आर्थिक हिनामिना वा कुनै पनि विषयमा कमजोरी भएको भए प्रमाणसहित आएमा आफूले सजाय भोग्न तयार भएको चुनौती दिएकी छन् । व्यक्तिगत स्वार्थलाई लिएर झुटा प्रचारबाजी गरेको भन्दै आपत्ती जनाउँदै उपप्रमुखले आफ्ना नातागोताका व्यक्तिलाई जागीर लगाउन नपाएको रिसमा यो सबै क्रियाकलाप गरेको उनले बताइन् ।

उपमेयर शाहले आफुखुसी आफ्ना नातागोता लाई नियुक्ति दिन नपाएपछि गलत प्रचार गर्दै हिँडेको मेयर दाहालले बताइन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *