पाकिस्तानको चरमपन्थी क्याम्प ध्वस्त पारेको भारतको दावी, केही क्षति नभएको पाकिस्तानको जवाफ

काश्मिर पुलवा हमलाको बदला लिँदै भारतीय वायुसेनाले मंगलबार बिहान नियन्त्रण रेखा पार गरेर पाकिस्तान भूमिमा एक हजार किलोग्रामको बम खसालेको छ ।

मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा पार गरी पाकिस्तान प्रशासित क्षेत्र काश्मिरमा बम आक्रमण गरेको हो । १२ वटा मिराज विमानले हजार किलो बम बर्साएर चरमपन्थी क्याम्प ध्वस्त बनाएको भारतीय मिडियाले दावी गरेको छ ।

केही दिन अघि कास्मिरको पुलवालामा जैस–ए–मोहम्मद नामको आतंकवादी समूहले तीन सय ५० भन्दा बढी विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सुरक्षाकर्मीको गुडिरहेको गाडीमा ठोक्काउँदा ४० जनाको ज्यान गएको थियो ।

सोही हमलाको बदलामा भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमाथि हमला गरेको हो । पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र  पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको दावी गरेको छ।

पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै भनेका छन् ‘पाकिस्तानी वायु सेवाको प्रतिकारपछि फर्किने बेलामा भारतीय जहाजले हडबडाएर बम खसालेको हो । जसबाट कुनै पनि क्षति भएको छैन ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *