फेसबुकबाट सुरु भएको प्रेम जसलाई देश, धर्म र संस्कृतिले रोक्न सकेन

काठमाडौ – सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । बागलुङ नगरपालिका, १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीय आम्ना सफिक जिल्ला अदालत आइतबार अदालती विवाह गरेका हुन् ।

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएकी थिइन् । दुईदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपाली भाषा बोल्न र लेख्न सक्ने भएपछि उनले विवाह गर्ने तयारी गरेकी हुन् ।

विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका थिए । केटीका पक्षबाट अभिभावक नभएपछि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका, १२ को अमलाचौरमा अस्थायी बसोवास गरेको सिफरिस लिएर आएकी थिइन् । सफिकले बाबुआमासँग पनि सहमति लिएको बताइन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिन सक्ने व्यवस्थाअनुसार विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए । ‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।” रासस/तारानाथ आचार्य

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *