शिखरको ढुङ्गा  पढिसकेपछी

रन्जित आचार्य

मित्रता को  त्रिबेणि को रुपमा लेखकले  प्रस्तुत गरेका छ्न। पुस्तक पढ्दा लाग्छ उनको यो पहिलो पुस्तक होइन अनेकौं पुस्तक लेखिसकेका छन। लेखक ले आफ्नै भोगाइ जस्तो गरि प्रस्तुत गरि पाठकलाइ प्रकृति को अनुपम सौर्न्दर्य  प्रदान गरेका छन।

प्रकृती: पुस्तकको  अधिकान्स ठाउमा  प्रकृति सुन्दरताको व्याख्या र  प्रस्तुत गरेर खुम्बु क्षेत्रको सौर्न्दर्य लाई  त्यस भेगबाट प्रत्येक पाठकका मन मन मा पुराउन सफल भयका छ्न,पुस्तक पढ्दा लाग्छ म आफै खुम्बु क्षेत्रको भ्रमण गरिरहेको छु। त्यो दुधकोसी,त्यो इम्जा हिमताल,र त्यस हिमसिङ्खलामा रहेका अधिकान्स हिमालहरु पाठकको मन मस्तिष्क मा राज गर्ने गरि बर्णन गरेका छन।

यथार्थ:-पुस्तक को सुरुवात मा ल्यायका विषयबस्तु तेतिनै मजबुत देखिन्छ ,ब्यारेक भित्रको त्यो आन्दोलन  , सौर्य माथी मन्त्री को त्यो ब्याबहार , नेता को कुराहरु पढ्दा  लाग्छ, यो यथार्थ कथा हो। जुन  सपना देखायर त्यो महासग्राम ( जनयुद्ध ) होमियका योद्धा हरु अहिले कुन अबस्थामा छ्न त्यो कुराको ज्ञान तेहि युद्ध लाई भर्र्याङ् बनायर सत्तामा पुगेकालाई ख्याल छैन।

मित्रता : उपन्यास का मुख्य पात्र सौर्य र आजाद को मित्रता को बारे  जति लेखे पनि कम हुन्छ।  अन्तर्मुखी सौर्य र बयर्मुखी आजाद बीच त्यो घनिष्ट मित्रता,  यो  स्वार्थी दुनियाँ को एक मिसाल हो, उनिहरु को एक अर्का प्रती  जुन बुझाइ छ,जुन धारणा छ,  निस्चल निस्वार्थ सम्बन्ध छ त्यसलाई लेखक ले स्पष्टता का साथ पेस गरेका छ।

 प्रेम: पुस्तक /उपन्यास को रस हो प्रेम, यहाँ सौर्य र अभिजिता तथा मोदिन र कपिल बिच को निस्वार्थ ,निस्चल  प्रेम  , प्रेमिका /प्रेमी बिच एकअर्का प्रती को निष्ठा  अमुक छ। बिछोड को बर्सौ सम्म पनि उनिहरु प्रती को निष्ठा  निस्चल छ।यो निष्ठावान पेमिहरु लाई सौर्य र मोदिना लाई सामीप्यता मा ल्यायर लेखक ले चतुर्‍याइँ गरेका छन।

 समिक्षा : उपन्यास प्रेम, प्रकृति ,मित्रता र यथार्थ को उत्कृष्ट  सङ्गम भयपनी   कतिपय  ठाउ मा सम्बाद भन्दा त्यहाको बसुस्तिथी को पट्यार्लाग्दो ब्याख्याले केही  अल्छि लाग्दो अवस्था सिर्जना भयको छ । कथा का सबै छिद्र हरु लेखाक आफैले टालेपनि उपन्यास मुख्य पात्रहरु आजाद को श्रीमति छोरी बारेमा लेखियनी । उनका आमाबुबा तथा मोदिना को बुबा आमा को थोरै र सौर्य को सनो छदा  बुबा बारेमा लेखिएको भयपनि  अहिले उनीहरुको  अबस्था बारे लेखक मौन हुनुले  पाठक को मस्तिष्क को प्रयोग हुने देखिन्छ।

उपन्यासमा गहकिला साहित्यिक शब्द को साटो सरल शब्द को प्रयोग ले प्रथम पटक पुस्तक / उपन्यास पढिरहेका पाठक हरुले पनि सहजै बुझ्नेछन यसमा लेखक ले जितेका छ्न । पुस्तक को शीर्षक चाइ सिखरको ढुङ्गा भन्दा सिखरको पाइला भैदियको भय उत्तम हुनेथियो  मेरो बुझाइमा। यति महत्त्वपूर्ण / सुन्दर र उपयुक्त पुस्तक लेख्ने लेखक लाई यस्तै अन्य पुस्तक पनि सिर्जना गर्ने हौसला मिलोस  यो पाठक को तर्फ बाट हार्दिक शुभकामना।

लेखक अनेरास्ववियु ( क्रान्तिकारी ) केन्द्रिय सदस्य हुन

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *