धनगढी प्रिमिएर लिगको उपाधि अत्तरियालाइ

धनगढी – घरेलु टोली सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमिएर लिग क्रिकेटको उपाधि जितेको छ । महेन्द्रनगर युनाइटेडमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सिवाइसी अत्तरियाले पहिलो पटक डीपीएलको उपाधी जितेको हो ।

१२४ रनको लक्ष्य अत्तरियाले १ बल बाँकी छँदै ७ विकेटको क्षतिमा भेट्टायो । अत्तरियाको जितमा सन्नी पटेलले बिस्फोटक ब्याटिङ गरे । २६ बलको सामना गरेका सन्नीले ३ चौका र ३ छक्काको मदतमा अविजित ४७ रन बनाए । जयकिसन कोल्सावालाले ३० रन बनाउँदा कप्तान दिपेन्द्रसिह ऐरीले १७ रनको योगदान दिए । जयकिसनले २७ बलमा ५ चौका प्रहार गरे । कप्तान दिपेन्द्रले १७ रन जोडे । भुवन कार्कीले ८ तथा ज्ञानेन्द्र कुँवर ७ रनमा पेभेलियन फर्किएका थिए । सन्दीप जोराले २ रन बनाउँदा रित गौतमले रन जोड्न सकेन् ।

महेन्द्रनगरका मोहम्मद नाभिद र सागर ढकालले समान २–२ विकेट लिँदा अभिनास बोहरा र साहब आलमको नाममा १–१ विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको महेन्द्रनगर निर्धारित २० ओभरमा १ सय २३ रनमा अलआउट भएको थियो । महेन्द्रनगरका लागि दिलिप नाथले सर्वाधिक ४३ रन बनाएका थिए । ४१ बलको सामना गरेका दिलिपले ५ चौका र १ छक्का प्रहार गरे । कुसल मल्लले १ चौका र २ छक्काको मदतमा २५ रन जोडे । युवा खेलाडी रोहित पौडेल २४ रनमा बनाए ।

ओपनर मोहम्मद नाभिद १० तथा आरीफ शेखले ११ रन जोडे । सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरीको बलमा कमलसिह ऐरीबाट क्याच हुनुअघि नाभिदले ५ बलको सामना गर्दै १ छक्का र १ चौका प्रहार गरे । आरीफ पनि दिपेन्द्रको बलमा सन्नी पटेलमार्फत क्याच भए । बिदेशी खेलाडी आनन्द २ तथा महेन्द्रनगरका कप्तान शरद भेषावकर र अभिनास बोहरा खाता नै नखोली आउट भए । सिवाइसीका कप्तान दिपेन्द्रसिह ऐरी र दिपेन्द्र रावतले २ विकेट लिए । सन्नी पटेलको नाममा एक विकेट रह्यो ।

काठमाडौं गोल्डेन्सले डिपिएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको हो । आफ्ना बलर भारतिय खेलाडी अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्योको विरोध स्वरुप काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो । काठमाडौंलाई नै पहिलो क्वालिफायर्समा हराउँदै अत्तरियाले फाइनल यात्रा तय गरेको हो । बिजेता सिवाइसी अत्तरियाले ३० लाख पुरस्कार पाएको छ । उपविजेता महेन्द्रनगरले युनाइटेडले १२ लाख पुरस्कार पाउनेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *