अराजकताविरुद्ध लड्छौ : सभामुख महरा

पोखरा सभामुख  महराले पत्रकारले समाजको रुपान्तरणका लागि  क्याटलिष्टको भुमिका  निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै उनले समाज परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए।

समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै उनले विगतमा निरङ्कुशता विरुद्धमा लड्नुपर्ने अवस्था थियो भने अबको समय अराजकताविरुद्ध लड्नुपर्ने धारणा राखे।

गण्डकी प्रदेश सरकारले ‘आन्तरिक पर्यटन वर्ष’ घोषणा गरेकोप्रति स्वागत गर्दै सभामुख महराले गण्डकी प्रदेश पर्यटनको आकर्षक केन्द्र भएको उल्लेख गरे। आफू १० वर्षअघि सञ्चारमन्त्रीको नेतृत्व सम्हाल्दा सञ्चार क्षेत्रको विकासका सन्दर्भमा केही महत्वपूर्ण कामको थालनी गरेको स्मरण गर्दै उनले वर्तमान सरकार पनि यस क्षेत्रको विकासका लागि अघि बढेको धारणा राखे।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *