मकवानपुरबाट २७३ किलो चरेससहित २ जना पक्राउ

काठमाडौं – मकवानपुरमा २७३ किलो चरेसको धुलोसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–१ बस्ने ४३ वर्षीय मेवा भनिने चन्द्र बहादुर घलान र धादिङ गजुरी गाँउपालिका–८ बस्ने ३६ वर्षीय पशुपति भनिने जिवन तामाङ रहेका छन् । प्रहरीले घलानको घरबाट गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागू औषध चरेस २६७ पोकामा २७३ किलो र पाँच वटा बोरामा १९० किलो चरेश बनाउन तयारी गाँजा धुलो बरामद भएको छ । बरामद भएको चरेसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *