तीन वर्षमा सबै नेपालीको घरमा विद्युत पुर्याउछौँ: मन्त्री पुन

 काठमाडौ – ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुुुनले  बुधबार हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् ।

सबस्टेसन संचालनमा आएपछि लामो दुरी र ओभरलोडिङका कारणले पटकपटक लाइन टि्रप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण वत्ति, पंखा, मोटर लगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान भएको छ ।

कार्यक्रममा मन्त्री पुनले हरेक नेपालीको घरमा तीन वर्षमा विद्युत पुर्याउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै सबस्टेसन संचालनमा आएपछि यस क्षेत्रमा ठूला तथा मझौला उद्योग खुल्ने सम्भावना बढेको बताए ।विकास आयोजनाको निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले काम नगरिदिँदा उनीहरुले नै मुलुकमा शासन गरिरहेको निश्कर्षमा आफू पुगेको उनले बताए ।

‘सरकारले विकासको योजना बनाएको छ, त्यसको कार्यान्वयनका लागि बजेटको पनि जोहो गरेको छ, ठेक्का पनि लगाएको छ, जति दवाव दिँदा पनि ठेकेदारले काम गर्दैनन’् पूर्व अर्थ मन्त्रीसमेत रहेका उनले भने, ‘सरकारले काम गरेर भनेर हामी भन्छौं ठेक्कापट्टाको यस्तो अवस्था देख्दा प्रधानमन्त्री, मन्त्रीले शासन चलाएका छैनन्, काम नगर्ने ठेकेदारले चलाएका छन्,उनीहरुले काम गरे मात्रै सफल हुने अवस्था सिर्जना भएको छ ।’

एउटै ठेकेदार कम्पनीले ७४ वटासम्म ठेक्का लिएको जानकारी दिंदै मन्त्री पुनले लोभ गरेर ठेक्का लिने तर काम नगर्ने प्रवृति त्याग्न निर्माण व्यवसायी कम्पनीहरुलाई आग्रह गरे । मन्त्री पुनले थपे, ‘सक्ने काम लिनुहोस् काममा ढिला नगर्नुहोस् यसले मुलुकको अर्थतन्त्रलाई प्रभावित पार्छ, सक्ने काम लिनुहोस्, समयमै सक्नुहोस् यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *