मौसम बदलिने संभावना : यस्तो छ आगामी दुईदिनको मौसम

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पश्चिमी भेगमा आंशिक बदली रहने र  अन्य भूभागमा  मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

पश्चिमी पहाडी भेगका  थोरै स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना छ  । पश्चिमी उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

राति देशको पश्चिमी भेगमा पूर्ण बदली रहने तथा  अन्य भेगमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ । पश्चिमी भेगका केही स्थानहरुमा  तथा मध्य र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो स्देशको पश्चिमी भेगमा सामान्यतया बदली रहने तथा  मध्य र पूर्वी भेगमा सामान्य देखि आंशिक बदली रहने जनाइएको छ ।

पश्चिमी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने तथा  मध्य र पूर्वी पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

 

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *