सत्तारूढ विद्यार्थी संगठनद्वारा स्ववियु निर्वाचनको माग गर्दै क्याम्पस प्रमुख घेराउ

काठमाडौ – सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ मिति सहितको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले निकालेको विज्ञप्ति अनुसार सोमबार त्रिभूवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा प्रदर्शन सहित घेराउ गर्ने र फागुन ७ गते देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रमुखको कार्यकक्षमा प्रदर्शन सहित घेराउ गर्ने कार्य तालिका रहेको थियो। त्यसै अनुरुप आज कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु र अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ गरेका छन । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ गरे पछि त्रिबिले तोकेको मितिमा र संगठनहरु बिच समझदारी भएको अखिल क्रान्तिकारी कैलालीका उपाध्यक्ष जीवन बिसिले बताए ।

त्यस्तै विद्यार्थी संगठनहरु बीच समझदारी भए आफू जति बेला पनि निर्वाचन गर्न  तयार रहेको क्याम्पस प्रमुख दिनेश राज जोशीले बताउनुभयो ।

फागुन १४ गते लाई तोकिएको स्ववियु चुनाव नहुने भए पछि नयाँ मिति तत्काल तोकिनु पर्ने सत्ता पक्षका विद्यार्थी संगठनको माग छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *