आम नेपालीले प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् : पुर्व राजा

काठमाडौं– आम नागरिकमा लामो समयदेखि राज्यका बिभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता रहेको भन्दैपूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको अनुभूति अझै आम नेपालीले गर्न नपाएको बतााएका छ्न   ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास , प्रत्येक युवामा देश छाड्ने आतुरता, नागरिकको मनमा उत्पन्न हिनताबोध र राष्ट्र दिनप्रति दिन कमजोर बनिरहेको उल्लेख गरेका छन । राजाले शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हुन नहुने र दण्डहिनता एवं विधिविहीनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझा साझा सबै नेपालीको पहुँचमा हुनु पर्छ भन्ने आफ्नो मान्यता रहेको पनि सन्देशमा उल्लेख गरेका छ्न ।

शुभकामना सन्देशमा भनिएको छ ‘ हाम्रा जिजूबुबा राष्ट्रपिता त्रिभूवनसहित प्रजातन्त्रको निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहन्छौ, हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो , सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’

शुभकामना सन्देशमा सनातनिक धर्म, संस्कृति र आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रक्रियाबाट आक्रान्त भएको कहालीलाग्दो दुःखद अवस्था देखा परेको उल्लेख गर्दै पूर्व राजा शाहले यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानु पर्छ भन्ने आफ्नो दृढ धारणा रहेको उल्लेख गरेका छ्न ।

शुभकामना सन्देशमा पूर्व राजा शाहले नेपालको भू राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै नेपालले नेपालको परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्धारा नेपालप्रतिको आधारभूत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नु पर्ने पनि उल्लेख गरेका छ्न ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *