सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ– सङ्घीय निजामती सेवा विधेयकलाई प्रतिनिधिसभाको आजको बैठकमा सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्यमन्त्री लालबाबु पण्डितले ‘सङ्घीय निजामती सेवा विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

मन्त्री पण्डितले सांसदहरुका सुझावलाई समेटेर विधेयक परिष्कृत गरिने उल्लेख गरे । प्रस्तावमाथिको छलफलमा सांसदहरु गङ्गा चौधरी सत्गौवा, आशाकुमारी विक, भरतकुमार शाह, रेखा शर्मा, राजेन्द्रकुमार केसी, रामकुमारी झाँक्री, पार्वतीकुमारी विशुङ्खेलगायतले विधेयकका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *