नेकपा सचिवालय बैठक : फुक्ला त एकताको गाँठो ?

काठमाडौं – पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा नेकपा सचिवालयको बैठक बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

एकताका लागि गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । त्यसैले अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने तयारीमा छन् ।

थापा संयोजकत्वको कार्यदलमा ऊर्जामन्त्री समेत रहेका वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य थिए । खासगरी नेताहरुलाई दोहोरो जिम्मेवारी दिने कि नदिने भन्नेमा विवाद छ । यसअघि पोखरेलले मुख्यमन्त्रीको पद त्याग्ने तर पार्टीको जिम्मेवारी नत्याग्ने भनेपछि नेकपामा एकता प्रक्रिया पेचिलो बन्दै गएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *