पशुपति शर्माको गित बन्द नगर्न बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

काठमाडौ – बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री केपि र अध्यक्ष प्रचण्डले अहिले दुई तिहाइ को दम्ब देखाएर जनता माथी लोकतन्त्र माथि खिल्ली उडाई रहेका भन्दै जनतालाई लोकतन्त्रमा बोल्न खुल्ला आफ्ना बिचार हरु राख्नको लागि प्रतिबन्ध लगाउनु आपत्तिजनक भएको बताएको छ ।

समाजको वास्तविक घटना लाई गितको माध्यम बाट बहुचर्चित कलाकार पशुपती शर्माले बाहिर ल्याएको गितलाई सरकारले प्रतिबन्ध लगाएको प्रति जनमुक्ति सेनाको आपत्ति रहेको बताएको छ ।

देशभित्र का गलत प्रवृत्ति माथि व्यंग गर्दै सरकारलाई सचेत गराएकोमा कलाकारलाई धन्यवाद दिँदै गलत प्रवृत्तिको अन्त्यका लागि लाग्नुको सट्टा सरकार उल्टै गितलाइ नै बन्द गर्न लाग्नु दु:खद भएको सेनाले बताएको छ

साथै हिजो जनता को मुक्तिका लागि लडेका जनमुक्ति सेना समाजका गलत प्रवृत्ति टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत सेनाले दिएको छ ।दलाल, भ्रष्ट, तस्कर,हरुको सरकार यदि लोकतन्त्रमा कसैको अधिकार लाई कुन्ठित गर्न लाग्छ भने बहिर्गमित जनमुक्ति सेना त्यसको विरुद्ध संघर्ष गर्न तयार रहेकोले आम नेपाली जनतालाइ साथ दिन अपिल समेत गरेको छ ।

बहिर्गनित जनमुक्ति सेना नेपाल
केन्द्रीय संघर्ष समिति २०६८
उपाध्यक्ष योग्य बहादुर कार्की प्रदीप
संगठन प्रबक्ता
सम्पर्क न 9851105190

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *