शृङ्खला -२ सिन्धुपाल्चोकका अबैध क्रसर उद्योग बन्द गर्छौं : कृष्ण गोपाल तामाङ

रोकिएन इन्द्रावती नदि दोहन

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकमा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग  बारे छानबिन गर्ने  जिल्ला समन्वय समितिले जनाएको छ । 

आइ  प्रतिवेदनले निर्धारण गरेको प्रतिवेदन भन्दा बढी  उत्खनन गर्ने उद्योग लाइ स्थानीय तहको सिफारिसको आधारमा जिल्ला समन्वय समितीले छानबिन  गरि  तत्काल एक्सनमा जान्छौं जिल्ला समन्वय समितीका सभापति  कृष्ण गोपाल तामाङले ग्लोबल खबर सँग बताए ।

तामाङले भने स्थानीय तहको प्रतिबेदन समन्वय समितीमा आएपछी थप अनुगमन गरि मापदण्ड विपरीत  संचालन गरेको पाइमा  त्यस्ता उद्योगलाइ बन्द गराउने प्रक्रियामा अघि बढ्छौ ।

जिल्लाको इन्द्रावती नदी अधिक दोहन भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर१२ ,१३ र इन्द्रावती गाउपालिकामा अवैध रूपमा नदी दोहन भएको छ।

नेपाल सरकारले क्रसर उद्योग संचालन गर्नको लागि राजमार्ग देखि ५०० मिटर, खोला किनारबाट ५०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, बन निकुञ्ज र आरक्षण, घनावस्तीबाट क्रमश दुई किलोमिटर दुरी हुनुपर्ने मापदण्ड तोकेको छ । 

जिसस र नगरपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट नदीको धार नै परिवर्तन गरेर अवैध उत्खनन अनाधिकृत रुपमा नदीभित्र स्काभेटर प्रयोग गरि क्रसरहरुले दादागिरी देखाउने गरेको स्थानीय बताउछ्न ।

स्काभेटरले खन्दा इन्द्रावती नदी किनारभरि ठुला ठुला खाल्डा बनेका छन् । स्थानीयवासीका अनुसार १३ नम्बर वडाका ४ र १२ नम्बर वडामा तिन गरि जम्मा ७ वटा क्रसर्ले २४ सै घन्टा नदीमा स्काभेटर प्रयोग गर्छन् ।

नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै कुरुप बनाएको छ भने खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन्।

अव्यवस्थित उत्खनन, प्राकृतिक साधन स्रोतको दोहन, राजस्व चुहावट र सर्वसाधारण नागरिकहरु महंगीमा परिरहनुपरेका छन । 

वातावरणीय प्रभाव मूल्यांकन गरी बैधानिकरुपमा नदीजन्य वस्तुको उत्खनन गर्न स्थानीय तहहरुले खुला गरे पनि मापदण्ड अनुसार उत्खननको काम हुन नसक्दा अव्यवस्थित उत्खननमा कमी आउन नसकेको मेलम्ची नगरपालिका  १३ नम्बर वडा अध्यक्ष देबेन्द्र घोरासैनि को भनाइ छ ।

उनले कुनैपनि प्राकृतिक स्रोतसाधन दोहन स्विकार्य नहुने भन्दै खोलानालाको अवैध उत्खनन गर्नेहरुसँग कुनै सम्झौता समेत वडाले नगर्ने बताए।

क्रसर उद्योगले समस्यामा स्थानीय

उद्योगबाट निस्किएको धुलो र धुवाँका कारण वरपरको वातावरणसमेत धुलाम्मे भएको स्थानीयको भनाइ छ। ‘अबको केही वर्षमा सिपाघाटबाट नवलपुर, चौतारा जोड्ने ईन्द्रावतीको पक्की पुल ढल्न सक्ने सम्भावना बढेको छ।

पुल निर्माण हुँदा नदीको सतह निकै माथि थियो तर अहिले तीन मिटर भासिएको छ। सरोकारवाला निकायले चासो दिएका छैनन्’, सिपाघाटका स्थानीय ले बताए ।

‘पुलको बीचको पिलर जोखिममा परिसक्यो। खेतीयोग्य जमिनमा उत्पादनसमेत घट्दै गएको छ। अहिले खेतीपाती गर्ने जमिन सुख्खा भएको छ। अवैध क्रसर उद्योगका कारण नदी गहिरिँदै जाँदा सिँचाइमा समस्या  थपिएको छ ।

खानेपानीको मुहानसमेत सुक्दै गएका छन्। यसरी अवैध क्रसर संचालन गरिरहँदा नदीको अस्तित्वसँगै किनारा आसपासका जमिन र वस्ती नै जोखिममा पर्दै गएको छ ।

‘ईन्द्रावतीको किनारामा संचालित क्रसर उद्योगका कारण खेतीयोग्य जमिनदेखि वस्ती र स्वास्थ्य क्षेत्रमा समेत असर परेको छ।’

खोलामा डोजर आतङ्क

स्थानीय तह सञ्चालन ऐनले नदीजन्य वस्तुको व्यवस्थापनको सम्पूर्ण अधिकार प्रदान गरे पनि नियमन तथा अनुगमनतर्फ स्थानीय तहहरुले ध्यान पुर्याउन नसक्दा खोलामा डोजर आतङ्क बढ्दै गएको छ । 

वातावरणीय प्रभाव मूल्यांकन भएका स्थानहरुमा बेल्चा प्रयोग गरी नदीजन्य वस्तुको उत्खनन गर्न पाइने कानुनी प्रावधान भएतापनि त्यसो हुन सकेको छैन । ‘नियमले खोलामा डोजर प्रयोगमा प्रतिबन्ध लगाएको छ।

तर स्थानीय तहका कर्मचारीको समेत मिलेमतोमा दोहन भएको स्थानीय बासी बताउछ्न। जसका कारण नदीजन्य वस्तुको दोहन बढिरहेको छ।

वातावरण संरक्षण ऐन २०५३ यसको नियमावली २०५४, खानी तथा खनिज पदार्थ ऐन २०४२, जलस्रोत ऐन २०४९, वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण ऐन २०२९ अनुसार अवैध रुपमा क्रसर उद्योग, रोडा, गिट्टी, बालुवा खानी शर्त पूरा नगरेमा सञ्चालन गर्न नपाउने प्रावधान छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *