दाङमा बस दुर्घटना ४५ जना घाइते

दाङ– दाङमा २ वटा यात्रुबाहक बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन्। दंगीशरण गाउँपालिका– ७ श्रीगाउँको बोगटीमा २ वटा बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुर आउँदै गरेको ना ८ ख १०१७ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका ३ जनाको थप उपचारका लागि कोहलपुर पठाइएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *