हिरो वुमेन्स गोल्डकप : इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतमा जारी ‘हिरो वुमेन्स गोल्डकप’को उपाधीका आज बलियो प्रतिद्धन्दी म्यानमारबिरुद्ध खेल्दैछ । फिफा बरियतामा माथि रहेका टोलीबिरुद्ध रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको नेपाल उपाधीका लागि म्यानमारसँग खेल्न लागेको हो । खेल बेलुका सवा ६ बजे उडिसास्थित कंलिगा रंगशालामा सुरु हुनेछ ।

गोल्डकपमा अपराजित म्यानमारलाई हराउँदै उपाधी भित्राउने लक्ष्यमा रहेको नेपाल सुरुआती खेलमा ब्यहोरेको हारको बदलासमेत लिने रणनीतिमा छ । टोलीका प्रशिक्षक हरी खड्काले पहिलो खेलमा भएका कमजोरी सुर्धार्दै आजको खेल आफनो पक्षमा पार्ने बताए । उनले म्यानमारका मुख्य खेलाडीलाई विशेष निगरानी राख्दै आक्रमक खेल्ने योजनामा टोली रहेको बताए ।

गोल्डकपको पहिलो खेलमा म्यानमारसँग ३–० ले पराजय भागेको नेपालले आयोजक भारत र इरानमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । भारतबिरुद्ध २–१ को ऐतिहासिक जित निकाल्दा २ गोल र इरानमाथि ३–० विजय हासिल गर्दा दुई गोल गरेकी सावित्रा भण्डारीलाई म्यानमारबिरुद्ध मुख्य हतियार बनाउने प्रशिक्षक खड्काको रणनीति छ ।

कात्तिकमा ओलम्पिक छनोटमा म्यानमार, भारत र बंगलादेशलाई १–१ को बराबरी रोक्दै दोस्रो चरणमा स्थान बनाएको नेपाल विगत २ महिनादेखी पाँचौं महिला साफ च्याम्पीयनसिपको तयारीमा छ । भारतले पनि साफलाई केन्द्रितगरी ‘हिरो वुमेन्स गोल्डकप’को आयोजना गरेको हो ।

पाँचौं महिला साफ च्याम्पीयनसिप फागुन २८ गतेबाट बिराटनगरको सहिद रंगशालामा सुरु हुँदैछ । यस गोल्डकपबाट कमजोर पक्ष सुर्धार्दै नेपाल साफ च्याम्पीयन बन्ने लक्ष्यमा छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *