केहि समय पर्खनुस पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाज चलाउने सरकारको योजनालाई व्यंग्य गरिएकोमा असन्तुष्टि जनाएका छन्। उनले विश्वले गरेको विकास नेपालले पनि गर्न सक्ने तथ्यलाई नजरअन्दाज नगर्न आग्रह गरे।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले भाँडो आधा भरियो भन्ने कि आधा खाली’ भन्दै प्रश्न गरे।

‘भाँडो खाली थियो, मैले आधा भरेँ’, प्रधानमन्त्रीले भने, ‘प्रश्नकर्ताहरू त्यसैलाई आधी भनिरहेका छन्।’ प्रधानमन्त्रीले ९/९ महिनामा नयाँ सरकार हेर्ने अनौठो बानी नेपालीमा रहेको टिप्पणी गरे।

‘जे-जे प्रश्न सुनिरहेको छु, ९ महिने सरकारको अनुभवमा आधारित पाउँछु’, रातारात नतिजा खोज्ने प्रवृत्तिप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘अब सरकार फेरिँदैन, बानी फेर्नुपर्छ।’

‘रेल र पानीजहाजको कुरा गर्दा त्यस्तै प्रश्न आएको छ। हामी पनि चलाउँ (पानीजहाज/रेल) भन्दा सपनामात्र किन भनिँदैछ ?’, प्रधानमन्त्रीले प्रश्न गर्दै भने, ‘यो नारायण गोपाल र अरुणा लामाले गाएको गीत ‘तारामात्रै होइन तिमीलाई, जुनै पनि दिइदिउँला…’ भन्ने गीतजस्तो होइन।

बिहीबार नै पानीजहाज कार्यालय उद्घाटन गरेका प्रधानमन्त्रीले भने- पानीजहाजको टिकट काट्न पाइन्छ, केही समय पर्खिनुहोस्।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *