बिल्बाउमा बार्सिलोनाको गोलरहित बराबरी

एजेन्सी – एथलेटिक बिल्बाउमा आइतबार राति गोलरहित बराबरी नतिजामा चित्त बुझाएपछि बार्सिलोनाले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा अग्रता ८ अंकले फराकिलो पार्ने अवसर चुकाएको छ ।

चिर प्रतिद्वन्द्वी रियाल मड्रिडले अघिल्लो दिन मड्रिड डर्बीमा एट्लेटिको मड्रिडमाथि जित हासिल गर्दै शीर्ष स्थानसँगको दुरी ५ अंकमा घटाएको थियो । तर बार्सिलोना आइतबार चुक्दा स्पेनिस ला लिगाको उपाधि दौडको रोमाञ्च कायम रहेको छ । २३ खेलको समाप्तीमा बार्सिलोना ५१ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा रियाल ४५ अंकका साथ दोस्रो तथा एट्लेटिको ४४ अंकका साथ तेस्रो स्थानमा छन् ।

योसुफ इन नेसिरीको ह्याट्रिकमा लेगानेसले १० जनामा सिमित भएर खेलको अन्त्य गरेको रियाल बेटिसलाई आइतबार स्पेनिस ला लिगाको अर्को खेलमा ३–० ले हरायो । समय सकिन ९ मिनेट बाँकी रहँदा जाभी गार्सियाले रातो कार्ड सामना गरेपछि बेटिस १० खेलाडीमा सिमित भएको थियो ।

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अन्य खेलमा भ्यालेन्सियाले रियाल सोसिडाडसँग गोलरहित बराबरी नतिजा निकाल्दा सेभिया र एइबारले २–२ को बराबरी खेले ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *