बिग बास लिग : सन्दीपको ३ विकेट, मेलबर्न स्टार्स सेमिफाइनलमा

काठमाडौं – सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको छ र बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । म्याक्सवेलले ४३ बलमा ८२ रन बनाए ।

जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट हात पारे ।

३.४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चिए । आफ्नो पहिलो ओभरमा टोम कुरानलाई एल्बिडब्लू धरापमा पारेका उनले अर्को पोभरमा बेन ड्वारसुइसलाई कप्तान म्याक्सवेलको हातबाट क्याच आउट गराए ।

आफ्नो चौथो ओभरको चौथो बलमा लोयड पोपलाई आउट गराएपछि सिड्नी सिक्सर्स अलआउट भयो ।

जितसँगै मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *