चट्याङ लागेर डडेलधुरामा दुई जनाको मृत्यु

काठमाडौ – डडेल्धुरामा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् ।

दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *