माओवादी सिध्याइयो भन्ने साेचे अर्काे माओवादी जन्मन्छ: प्रचण्ड

काठमाडौै– नेेेकपा का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौतामा गरिएका प्रतिवद्धता लागू नगरिए नचाहदाँ नचाहँदै पनि देशमा पुन: द्वन्द्व उत्पन्न हुने चेतावनी दिएका छन्।

जिल्ला समन्वय समिति पश्चिम रुकुमले आयोजना गरेको न्यायिक समितिः ‘कार्यविधि र प्रक्रिया’ पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रचण्डले संविधानले प्रत्याभूत गरिएका अधिकार हनन हुने परिस्थिति आए स्थिति भयानक हुने चेतावनी दिए ।

‘ भष्ट्रचारको पुरानो रोगलाई निदान गर्ने परिकल्पना गरिएको थियो तर हामी पुरानै कार्यशैली, परम्परामा छौ,’ वर्तमान परिस्थितिप्रति खिन्नता प्रकट गर्दै उनले भने, ‘फेरि उस्तै जतासुकै, भयो के? अब द्वन्द्व भयो भने त्यो कति भयानक होला त? नेपालले धान्न सक्ला त? विचार गर्नुपर्ने कुरा छ यो।’

प्रचण्डले अहिलेकै अवस्था निरन्तर रहेमा मधेसमा एक ढंगले र पहाडमा अर्को ढंगले विकराल स्थिति उत्पन्न हुने औल्याए।

उक्त परिस्थिति उत्पन्न भए विगतमा जस्तै १२ बुँदे र शान्ति सम्झौता जस्तै सहज तरिकाले समाधान ननिस्कने चेतावनी उनले दिए। ‘शान्ति प्रक्रियामा हिजो लडेकाहरु अहिले निधार खुम्चाएर सोच्नु पर्ने अवस्था आएको छ,’ दाहालले भने, ‘हल्का रुपमा सोचिरह्यो भने देशलाई  गाह्रो पर्न सक्छ।’

माओवादीलाइ कसैले सिध्याइयो भन्ने ठानेको छ भने अर्को माओवादी जन्मन्छ। विभेदमा परेकालाई अधिकार दिने कुरालाई हल्का रुपमा लिएमा दुर्भाग्य हुन्छ।’

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *