सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता

काठमाडौ – रामेछापको सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको तथ्य सार्बजनिक भएको छ ।

गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि मिचेर आर्थिक अनियमितता भएको खुलेको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधी खरिदको ३१ लाख बराबरको रकम आपसि मिलेमतोमा घोटाला गरिएको छ।

गाउपालिका अध्यक्ष धावा लामा ,कार्यकारी अधिकृत सुनिल निरौला, स्वास्थ्य प्रमुख प्रबल कुमार योञ्जन र स्वास्थ्य सहायक अर्जुन श्रेष्ठको मिलेमतोमा घोटाला गरिएको हो ।

स्वास्थ्य सहायक अर्जुन श्रेष्ठले गाउँपालिका अध्यक्षलाई प्रभावमा पारेर अन्य कर्मचारि र जनप्रतिनिधि हरूलाई समेत दबाब सिर्जना गर्ने गरेको एक कर्मचारीले बताए ।

यस अघि २० लाख बराबरका कामहरूको टेण्डर प्रक्रिया मार्फत नै काम भईरहेको छ भने ५० लाख बराबरका कामहरूको टेण्डर खुला गरिएको सुचना प्रकाशीत भएको छ । तर औषधि खरिदको सुचना प्रकाशीत नगरिकनै काम गरिएको छ ।

टेण्डर खुला नगरीकन डालिमा मेडिसेल्स नामक कम्पनि संगको मिलेमतोमा १९ लाख बराबरको औषधी खरिद गरिएको छ ।

यस अघि पनि सिटि पोष्ट नामक दैनिक पत्रिकामा गुपचुप रूपमा सुचना प्रकाशीत गर्ने र सुचना प्रकाशीत भएको दिनको पत्रिका मिलेमतोमा बजारमा जान नदिएर सबै आफैले खरिद गर्ने गरेको पाईएको छ । यस भन्दा अगाडी प्रकाशीत गाउपालिकाको खुला सुचनाहरू फेसबुक पेज र आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिन्थ्यो । तर यो पटक औषधि खरिदको सुचना गाउपालिकाको वेवसाईट,फेसबुक पेज र सुचनापाटी कतै पनि सार्बजनिक नगरिकन आन्तरिक मिलेमतोमा खरिद गरिएको छ ।

केही महिना अगाडी गाउपालिका अध्यक्ष धावा लामाले ५ लाख बराबरको औषधी आकस्मिक खरिदको विल बनाएर आफ्नै गाडि लिएर लिन पुगेका थिए ।

गाउपालिकाले आवश्यक सामग्री खरिदका लागि खरिद समिति बनाएको भए पनि खरिद समितिको बैठक र निर्णय बिना नै खरिद गर्ने गरेको पाईएको छ ।

यो गाउँपालिकामा तत्कालिन एनेकपा माओवादीले एकलौटी चुनाव जितेको थियो ।

चुनावि दौरानमा ब्यापक लोकप्रिय नारा प्रचार गरेपनि अध्यक्ष धावा लामाको स्वार्थ र ब्यक्ति केन्द्रित गतिविधि र सामुहिक रूपमा निर्णय लियर काम नगर्ने प्रवृत्तिले अपेक्षित रूपमा काम हुन नसकेको नेकपाको एक स्थानिय कार्यकर्ताले बताए ।

हामीले आशु,रगत र पसिना बगाएर बनाएको पार्टी र संगठन गाउँपालिका अध्यक्षले अक्षमता र हठ प्रस्तुत गरेर बृद्वा आश्रम बनाएको आरोप लगाए । यहि कारणले कम्युनिस्टहरूको आधार क्षेत्र भत्किन सक्ने खतरा पैदा भएको भन्दै उनले चिन्ता ब्यक्त गरे ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *