खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजक सानोठिमी क्याम्पसलाई

काठमाडौं – सहिद सप्ताह अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन सानोठिमि क्याम्पसको संयोजनमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटी  द्वारा आयोजित  खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजक सानोठिमी क्याम्पसले हात पारेको छ ।

माघ १५ गते बाट संचालन भएको प्रतियोगितामा १८ टिमको सहभागीतामा थियो प्रतियोगिताको फाइनलमा आयोजक बि टिमलाई हराउँदै आयोजक ए टिमले उपाधी हात पारेको हो प्रतियोगितामा आयोजक बि टिम उप-विजेता हुँदा सिन्धुपाल्चोक भलिबल टिमले तृतीय स्थान ओगट्न सफल भयो ।

प्रतियोगितामा विजयी टिमलाई समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि पुर्व गृहमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि शर्माले विद्यार्थी आन्दोलन माथी प्रश्न उठिरहेको अवस्थामा अबको विद्यार्थी आन्दोलन रचनात्मक र समयानुकूल हुनुपर्ने बताए । हिजोको विद्यार्थी आन्दोलनले राजतन्त्र र निरंकुशताको विरुद्ध राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण भुमिका खेलेकोले अब राजनीतिक परिवर्तन पुरा भएकालेे अबको विद्यार्थी आन्दोलन बिकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी उपाध्यक्ष पन्चा सिंहले नेविसंघ स्ववियु निर्वाचन भाँड्नका लागी ध्वंसात्मक गतिविधिमा लागेको बताइन् उनले अबको विद्यार्थी आन्दोलन ध्वंसात्मक होइन रचनात्मक हुनुपर्ने भन्दै नेविसंघलाई निर्वाचन बाट नभाग्न आग्रह गरिन । अर्का अतिथि अनेरास्ववियु महासचिव ऎन महरले संसारका धेरै देशहरू खेलकुदका माध्यमबाट अघि बढेका बताउँदै खेल क्षेत्र र खेलाडीहरू राष्ट्रका गहना भएकाले सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पसका अध्यक्ष तथा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य रमेश खड्काले सानोठिमी क्याम्पसलाई शैक्षिक तथा खेलकुद हव बनाउनका लागि सबै आ-आफ्नो स्थानबाट लाग्नुपर्ने बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *