युएई विरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं – यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा ओपनर पवन सर्राफलाई शून्य रनमा गुमाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाएको छ ।

जाहुर खानले ज्ञानेन्द्रलाई ११ रनमा पेभेलियन फर्काउँदा पवन मोहम्मद नाभिदको बलमा सब्बरमार्फत् क्याच भएका थिए । ३ दशमलब २ ओभरको समाप्तीमा नेपाल २ विकेटको क्षतिमा २१ रनको अबस्थामा छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *