टी-ट्वान्टी सिरिज दोस्रो खेल : यूएई विरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं – टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले आफ्नो चौथोे विकेट गुमाएको छ ।

टस जितेर ब्याटिङ गरेको यूएईले चौथो विकेटको रुपमा मोहम्मद उस्मानलाई शुन्य रनमा गुमाएको हो ।

५.४ ओभरमा छक्का प्रहार गरेका साइमनलाई ५.५ ओभरमा भने सन्दीपले कप्तान पारस खड्काबाट क्याच आउट गराए । लगतै ब्याटिङमा आएका उस्मानलाई ५.६ ओभरमा कप्तान खड्काकै हातबाट क्याच आउट गराए ।

यसअघि दोस्रो विकेटको रुपमा घुलाम शब्बरलाई ६ रनमा आउट भएका थिए । त्यस्तै, अश्फाक अहमदले चार रन बनाएर आउट भए ।
यूएईका महत्वपूर्ण दुबै विकेट नेपालका सोमपाल कामीले लिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *