सिंहदरबार अगाडि कालो बेलून उडाएर सरकारको विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकाविरुद्धको आन्दोलनलाई आक्रामक बनाउँदै लगेको छ । माउ पार्टी कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठकबाट सरकारले चिकित्सा शिक्षा विधेयक बलजफ्ती पारित गरेको विरोधमा प्रदर्शनमा उत्रिएको नेविसंघले निषेधाज्ञा तोड्दै गएको छ ।

माघ ११ गते विधेयक पारित भएकै दिन नयाँ बानेश्वरमा जारी निषेधाज्ञा तोड्दै सरकारविरुद्ध प्रदर्शन गरेको नेविसंघ आज फेरि सिंहदरबार क्षेत्रमा जारी निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएको छ । नेविसंघ कार्यकर्ताले सिंहदरबार मूल गेट अगाडि कालो बेलुनमा सरकार विरोधी नारा लेखेर उडाएका थिए ।

सरकार अनुदार ढंगले चिकित्सा शिक्षा विधेयक पास गरेपछि सदन भित्र र बाहिर सशक्त प्रतिरोध गर्ने कांग्रेसको नीति अन्तरगत नेविसंघ माघ ८ गतेबाट प्रदर्शन गर्दै आएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *