युएई विरुद्ध सन्दीप जोराको अर्धसतक

काठमाडौं – यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरेका छन् ।

१ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल रनका लागि संघर्ष गरिरहेको अवस्थामा सन्दीपले ५० रन पूरा गरेका हुन् । उनले यूएईका अमिर हायतको बलमा १ रन लिँदै अर्धशतक पूरा गरेका हुन् । अर्धशतक बनाउनेक्रममा उनले ४२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यूएई भ्रमणकै लागि पहिलो पटक राष्ट्रिय टोलीमा परेका सन्दीपले यूएईविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । नेपाल ४ विकेटले विजयी भएको उक्त खेलमा सन्दीपले १९ रन बनाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि उनको यो डेब्यू खेल हो ।
१८ ओभर सकिँदा नेपाल ११३–६ को अवस्था छ । सन्दीप जोराले ५० रन बनाउँदा सोमपाल कामीले २३ रन बनाएर खेलिरहेका छन् । नेपाललाई अब जित्नका लागि १२ बलमा ३१ रन आवश्यक छ ।
नेपालका कप्तान पारस खड्का २५, ज्ञानेन्द्र मल्ल ७, रोहितकुमार पौडेल ४, दीपेन्द्रसिंह ऐरी ४, करण केसी ३ रन बनाएर आउँट हुँदा ओपनर प्रदीप ऐरी पहिलो बलमै पवेलियन फर्किएका थिए ।
यूएईका सुल्तान अहमद र जहूर खानले समान २ विकेट लिँदा मोहम्मद नाभीद र अमिर हायतले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । यूएईका शाइमन अनवारले ५९ बनाए भने मुहम्मद उस्मानले ३० रन जोडे । सीपी रिजवानले २२ तथा मोहम्मद बूताले २० रन बनाए ।
नेपालका सन्दीपल र बसन्तले समान २ विकेट लिँदा सोमपाल कामी र अभिनास बोहराले १–१ लिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *