युएइ द्वारा नेपाललाई १ सय ५४ रनको लक्ष्य

काठमाडौं – शाइमन अनवारको अर्धशतकप्रेरित यूनाइटेड अरब इमिरेट्स (यूएई)ले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको हो ।
नेपालका बलरले राम्रो सरुआत गरे पनि यूएईका सीपी रिजवान र शाइमन अनवारले घरेलु टोलीको इनिङ सम्हालेका थिए । लेग स्पिनर सन्दीप लामिछानेले यूएईका ओपनर अशफाक अहमद(२)लाई वसन्त रेग्मीमार्फत् क्याच गरेका थिए भने गुलाब शब्बर(८)लाई सोमपाल कामीले सन्दीप जोरामार्फत् क्याच गरेका थिए । ४.३ ओभरमा शब्बर आउट हुँदा यूएई १९–२ को अवस्थामा थियो ।

सीपी रिजवान र शाइमन अनवारले तेस्रो विकेटका लागि २४ रनको साझेदारी गर्दै यूएईको इनिङ उकास्ने प्रयास गरे । सातौं ओभरको चौथो बलमा वसन्त रेग्मीले सीपी रिजवानलाई विकेटकिपर प्रदीप ऐरीमार्फत् क्याच गरे । रिजवानले २२ रन जोडे । तर, त्यसपछि अनवार र मुहम्मद उस्मानले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेपछि यूएई सम्मानजनक योगफलतर्फ लम्किएको थियो ।

१४औं ओभरमा उस्मानलाई सन्दीपले पारस खड्कामार्फत् क्याच गरेपछि यूएईले निरन्तर विकेट गुमायो । उस्मानले ३० रन बनाए । अर्धशतक बनाएका अनवार पनि १७औं ओभरमा अभिनास बोहराको बलमा बोल्ड भए । अनवारले ३८ बलमा ५ चौका र २ छक्कासहित ५९ रन बनाए । लगत्तै यूएईका कप्तान मोहम्मद नाभीद (१)लाई बसन्तले विकेटकिपर प्रदीपमार्फत् क्याच गरे । सातौं विकेटका लागि मोहम्मद बूता र सुल्तान अहमदले अविजित १८ रनको साझेदारी गरेपछि यूएईले नेपाललाई १ सय ५४रनको लक्ष्य प्रस्तुत गर्यो । बूता २० र सुल्तान अहमद ६ रनमा अविजत रहे ।
नेपालका सन्दीपल र बसन्तले समान २ विकेट लिँदा सोमपाल कामी र अभिनास बोहराले १–१ लिए ।
दुबईस्थित आइसीसी एकेडेमीमै भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले विजयी भएको थियो । नेपालले अब यूएईमा तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *