चिनिया लामा शासनका विरुद्ध माघ १७ गते बौद्धमा विशाल विरोध प्रदर्शन हुने

काठमाडौं – नक्कली रिम्पोछे बनेर बौद्धधर्ममा गैरकानुनी गतिविधि गर्दै आएको भन्दै बौद्धका भूपति लामालाई हटाउन बौद्धबासी र स्थानीय जनप्रतिनिधि जुटेका छन्। भूपतिले रिम्पोछे पदबी नागरिकतामा लेखाएर देशविदेशका बौद्धधर्मालम्बीमाझ गलत प्रचार गर्दे आर्थिक सहयोग लिने काम गर्दै आएका छन्।

बौद्ध बचाउ चिनिया लामा हटाउ संघर्ष समितिले बौद्धमा एक कार्यक्रमको आयोजना गरी तत्काल नागरिकताबाट रिम्पोछे पद हटाउन र दोस्रो देशको नागरिकता लिने व्यक्तिलाई सार्वजनिक पदमा राख्न नहुने भन्दै हटाउन माग गरेका छन्।

बौद्ध तामाङ कल्याण गुठीका संयोजक, संसद छिरिङ दोर्जे लामा , वडाध्यक्ष देपेन्द्र लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, समितिका पुर्वअध्यक्ष सम्पूर्णकुमार लामा, नागरिक अगुवा नेपालजित लामालगायतको भेलाले तत्काल चिनियाँ लामा नामले चिनिने नक्कली रिम्पोछे भूपति लामालाई कारवाही गर्न माग गरेको छ।

संघर्ष समितिले यही माघ १७ गते दिनको २ बजे बौद्ध क्षेत्रमा बिशाल बिरोध प्रदर्शन गर्ने तयारी समेत गरेको छ संघर्ष समितिले विज्ञप्ति जारी गर्दै नागरिकहरुलाइ बौद्ध बचाउ अभियानमा सहभागी हुन अपिल समेत गरेको छ ।

यस्तो छ संघर्ष समितीले जारी गरेको विज्ञप्ति र अपिल

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *