युएई विरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं – नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि तेस्रो तथा निर्णायक एकदिवसीय अन्र्राष्ट्रिय क्रिकेटमा यूएई रनका लागि संघर्ष गरिरहेको छ । २३औं ओभर सकिँदा यूएईले ५० रन जोड्दा ४ विकेट गुमाइ सकेको छ ।

नेपालका कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले १–१ विकेट लिए । ५.६ ओभरमा २–२ को अवस्थामा रहेको युएई अहिले २३ ओभर सकिँदा ५०–४ को आवस्थामा छ । शाइमन अनवारले रन जोड्न सकेका छैनन् भने सिपि रिजवानले ३ रन जोडेका छन् ।

पारस आफ्नो छैटौं ओभरको दोस्रो बलमा पारसले मुहम्मद उस्मानलाई पवेलियनको बाटो देखाएका हुन् । त्यसअघि सन्दीपले आफ्नो दोस्रो ओभरको चौथो बलमा गुलाम सब्बरलाई आउट गरेका थिए ।

सोमपालले तेस्रो ओभरम यूएईका ओपनर अशफाक अहमदलाई विकेटकिपर विनोद भन्डारी मार्फत क्याच गराएका थिए । छैटौं ओभरमा करणले चिराग सुरीलाई आउट गरेका थिए । करणले चिरागलाई विकेट किपर विनोदमार्फत नै क्याच गरेका हुन् ।

दुबईस्थित आइसीसी एकेडेमी ओभलमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ रोजेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *