यूएई सँगको अन्तिम एकदिवसीय खेल आज, शृंखला हात पार्ने दाउमा नेपाल

काठमाडौं  – नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सोमबार हुँदैछ । पहिलो खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो ।

युवा खेलाडीको उच्च प्रदर्शनका कारण लयमा देखिएको नेपाल तेस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै शृंखला हात पार्ने दाउमा छ ।

तीन खेलको एकदिवसीय शृंखला हाल १–१ को बराबरी अवस्थामा छ । त्यसैले नेपाल अन्तिम खेलमा दोस्रो खेलकै जस्तो उत्कृष्ट प्रदर्शन दोहो¥याउने योजनामा छ । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गरेको थियो ।

दोस्रो खेल जित्दा नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले विश्व कीर्तिमान पनि बनाए । रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान रचेका हुन् ।

दोस्रो खेलमा सोमपाल कामी र सन्दीप लामिछानेले पनि उत्कृष्ट बलिङ गरेका थिए । एकदिवसीय शृंखला सकिएपछि नेपाली टोलीले यूएईसँग तीनवटा टीट्वेन्टी खेलको शृंखला खेल्ने छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *