लिग लिडर बार्सिलोनाको जिरोनामाथि सहज जित

काठमाडौं – लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनामाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरे ।

नवौं मिनेटमा नै नेल्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको सुरुवाती समयमा नै गोल खाएको जिरोना दबाबमा खेलेको थियो । पहिलो हाफमा एक गोलले पछि परेको जिरोनाले दोस्रो हाफमा थप एक गोल खान पुग्यो ।

खेलको ६८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो ।

जितपछि बार्सिलोनाले २१ खेलबाट ४९ अंक बनाएको छ । पराजित जिरोनाको भने २४ अंक रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *