बारामा सवारी दुर्घटना, एसपीको मृत्यु सिडिओ गम्भीर घाइते

काठमाडौं– बारामा सवारी दुर्घटना हुँदा एसपीको मृत्यु भएको छ भने प्रमुख जिल्ला अधिकारी घाइते भएका छन्।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल  रहेका छन् भने बाराका सिडिओ गणेश भट्टराई गम्भीर घाइते छन्।

उनीहरु चढेको गाडी बाराको कलैयाबाट निजगढ जाने क्रममा ट्याक्टरसँग ठोक्किएरर दुर्घटना भएको डिआइजी हरि पालले बताए।

प्रजिअ भट्टराईलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *