नेपालद्वारा युएईसामु २४३ रनको लक्ष्य, रोहितको अर्धसतक

काठमाडौं – दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । घरेलु टोलीले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो ।

नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

भण्डारी २१, मल्ल ४४ र दिपेन्द्र सिंह ऐरी १०, पवन शरार्फ, ८ र पारस खड्का २१ रनमा आउट भए । कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे ।

शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । उनी ५५ रन बनाएर पभेलियन फर्किए । करण केसीले १० बलमा १८ रन बनाए ।

सोमपाल कामीले २ रन बनाउादा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रहे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *