धनुषामा जन्तीको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु ३० जना बढी घाइते

जनकपुर–धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित  बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको विद्युतीय पोलको तार छुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको संख्या अझैं सक्ने आशंका गरिएके छ । बसमा ४० जनाभन्दा बढी जन्ती सबार थिए ।

मृतकको शव अहिले पनि बस भित्रै छ । बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *