प्याब्सन गोकर्णेश्वरको शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौ – प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको आयोजनामा वर्तमान शैक्षिक अबस्था विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौको जया मल्टिपल क्याम्पसमा  सम्पन्न कार्यक्रममा नगरपालिका भित्रका प्याब्सन, एन- प्याब्सन , निसान,इशान लगायतका निजि बिद्यालयका संचालन,प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।

प्याब्सन गोकर्णेश्वरका अध्यक्ष मदन सुवेदीको सभापतित्व तथा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचीव नारायणकाजी काशिछवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिमा प्याब्सन नेपालका केन्द्रिय उपमहासचिब शिक्षाविद कुमार घिमिरे काठमाडौ प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, हिसान काठमाडौका सचिब भवानी प्रसाद पौडेल , अतिथिमा निसान बाट ओम ढकाल , इशान बाट बालमुकुन्द कार्की , एन प्याब्सनबाट बालमुकुन्द गुरुङ लगायतको आतिथ्यता थियो ।

उच्च स्तरिय शिक्षा आयोगले सरकारलाइ बुझाएको प्रतिबेदन बाट उत्पन्न तरङमा केन्द्रीत रहेको कार्यक्रममा साझा धारण, शुल्क निर्धारण र सामाजिक सुरक्षाकोष बारे छलफल भएको थियो ।

प्रमुख अतिथि नगरपालिका शिक्षा शाखा प्रमुख नारायणकाजी काशीछ्वाले सरकार सबैको संरक्षक भएको हुदा निजि शैक्षिक संस्थाहरुको पनि संरक्षण गर्ने मा ढुक्क हुन आग्रह गरे ।

उच्च स्तरिय शिक्षा आयोगको प्रतिबेदनले सबैलाइ न्याय गर्ने हुँदा निजि संस्थाहरु डराइहाल्नु पर्ने अवस्था नरहेको समेत बताए । नगरपालिका भित्र कस्तो शिक्षा निति बनाउने , शुल्क निर्धारण कसरी गर्ने , सामाजिक सुरक्षा कोषमा कसरी सहभागी हुन सकिन्छ भन्नेमा छलफल गरेर अघि बढ्ने छौ काशीछ्वाले भने ।

कार्यक्रममा विशेष अतिथी प्याब्सन केन्द्रिय उपमहासचिव कुमार घिमिरेले सामाजिक सुरक्षा कोष र शुल्क निर्धारणबारे कार्यपत्र प्रस्तुत गरेका थिए । शिक्षा आयोगको प्रतिबेदन संशोधनमा प्याब्सन केन्द्रिय समितिले दबाब दिइरहेको हुँदा संसोधित भएर आउदा निजि विद्यालय लाइ न्याय हुने गरि नै आउने मा विश्वस्त हुन आग्रह गरे ।

परिवर्तित समयमा विद्यालय संन्चालकहरु पनि समयानुकुल बदलिन नसकेकोमा गुनासो गरे । अब हामिले शुल्कको बिसयमा सबै विद्यालयको समान धारण गराउनु पर्छ घिमिरे ले भने।

आयोगको प्रतिबेदनलाइ बिरोध मात्रै गरेर हामी बस्नु भन्दा आफ्नो कमजोरीहरुमा पहिचान गर्दै अलि लचिलोहुदै कम विद्यार्थी भएका बिद्यालय एक अर्कामा गाभिएर अगाडि बढ्नु पर्दछ ।

साथै तिन प्रकारका विद्यालय संचालनको प्रस्ताव सम्म राखेका घिमिरेको प्रस्तावमा अभिभावकको क्षमता विद्यार्थीको रुचि अनुसार उच्च मध्यम न्युनआय स्तर लाइ समेट्मे गरि सोहि अनुरुप को विद्यालय चलाउन जोड गरिएको छ ।

अर्का बक्ता प्याब्सन काठमाडौका अध्यक्ष हरिकृष्ण श्रेष्ठले राष्ट्रले आह्वान गरेकाले निजि विद्यालयमा लगानी गरेको मात्रै नभइ जिवन नै निजि बिद्यालयमा समर्पित गरेको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रको शैक्षिक विकासका लागि महत्वपुर्ण योगदान गर्दा समेत राज्य निजि विद्यालय प्रती अनुदार भएको मा चिन्ता ब्यक्त गरे । राज्यको लगानी बिना निजि क्षेत्रले लगानी गरेर गुणस्तरीय शिक्षा मात्रै दिएको छैन । निजि बिद्यालयले ३ लाखलाइ रोजगारि दिएको समेत श्रेष्ठले बताए । श्रेष्ठले भने उच्च स्तरीय शिक्षा आयोगको रेडिमेड प्रतिबेदन स्विकार्य छैन ।

त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथी तथा हिसान काठमाडौका सचिब भवानी प्रसाद पौडेलले निजि क्षेत्रले गुण्स्तरिय शिक्षा दिनुका साथै  पुँजी पलाएन समेेत  रोकेको तर राज्यले निजि क्षेत्रलाइ कदर गर्न नसकेकोमा चिन्ता ब्यक्त गरे । निजि बिद्यालय सरकारी बिद्यालय सुधारको बाधकको रुपमा उच्च स्तरिय शिक्षा आयोगले बुझ्न नहुनेमा पौडेलले चर्चा गरे ।

निसान बाट ओम ढकाल , इशान बाट बालमुकुन्द कार्की , एन प्याब्सनबाट बालमुकुन्द गुरुङ लगायतका  वक्ताहरुले निजि र सरकारी विद्याय बिच सरकारले नै विभेद गरेको बताए । सामाजिक सुरक्षाकोष राम्रो कार्यक्रम भए पनि विद्यालयको नाजुक अवस्थाले गर्दा कसरी सहभागी हुने चिन्ता ब्यक्त गरे । सरकार लचिलो भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
बक्ता ज्ञानेन्द्र बहादुर श्रेष्ठले कक्षा आठ को परिक्षा बारे चर्चा गरेका थिए । ग्रेडिङले विद्यार्थी लाइ पारेको असर बारे सम्म बोलेका श्रेष्ठले पनि आयोगको प्रतिबेदनले आफुहरुलाइ त्रसित बनाएको बताए । आफ्ना नेतृत्व लाइ खुट्टा नकमाइ बार्ता गरि समस्या समाधान गर्न आग्रह समेत गरे ।

कार्यक्रमका सभापति मदन सुबेदिले निजी विद्यालयहरु माझ निकै अप्ठेरो परिस्थिति सृजना भएको, उच्च स्तरीय शिक्षा आयोगको प्रतिबेदन र सामाजिक सुरक्षा कोष को ऎनले तरंग पैदा गरेको बताए । सुवेदीले निजि क्षेत्रको समस्यामा सरकार लचिलो हुनुपर्नेमा समेत जोड दिए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *