नेविसंघ ओखलढुंगा सभापतिमा महतारा सर्वसहमत निर्वाचित

काठमाडौ– नेपाली काङ्ग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाको सभापतिमा रोशन महतारा सर्बसहमत निर्वाचित भएका छन् । बुधबार सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट सभापतिमा महतारा निर्वाचित भएका हुन् ।

सभापतिमा निर्वाचित भएपश्चात ग्लोबल खबर सँग कुरा गर्दै महतारा ले भने : स्थानीय र केन्द्रिय चुनावमा देशब्यापी रुपमा नेपाली काङ्ग्रेसले अप्रत्याशित हारको नतिजा ब्यहोर्नु पर्यो। त्यसको प्रभाव ओखलढुंगामा नि पर्यो। पाँच हजार सदस्यता बितरण गरेर नेबिसंघ ओखलढुंगालाइ चलायमान गराएका छौ । अब हामिले नेबिसंघ लाइ चलायमान गराएर आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस लाइ स्थानीय प्रदेश र केन्द्रिय चुनाबमा विजयी गराउछौ ।

महताराको सभापतित्वमा २४ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । जिल्ला उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भिष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुईटेल निर्वाचित भएका छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *