आजबाट स्वस्थानी व्रत प्रारम्भ, सालिनदी मेला सुरु

काठमाडौं – पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लागेको छ ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले यस वर्षको मेला आजैबाट सुरु भएको जनाएको छ । समितिका अनुसार, नूनसमेत नखाइ कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिँदै छ ।

माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पुण्य मिल्ने विश्वास छ । यही विश्वासमा यहाँ हरेक वर्ष लाखौं भक्तजान जाने गरेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *