यूएई विरुद्धको टिममा चार नयाँ अनुहार

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध माघ ११ गतेबाट एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलका लागि नेपालले आइतबार चार नयाँ अनुहारसहित १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा भिम सार्की, पवन सर्राफ, अविनास बोहरा र सन्दीप जोरा टोलीका नयाँ अनुहार हुन् । चार नयाँ अनुहारले टोलीमा स्थान बनाउँदा अनुभवी शरद भेषावकर भने टोलीमा छैनन् । नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञोनेन्द्र मल्ल, अविनास बोहरा, बसन्त रेग्मी, भिम सार्की, विनोद भन्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा रहेका छन् ।

आईसीसीका प्रतिनिधि अमिनुल इस्लामको संयोजकत्वमा मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासम्मिलित छनोट टोलीले यो खेलाडी छनोट गरेको हो । ललितसिंह भन्डारी, सुसन भारी र विक्रम सोब वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । विरामी भएका कारण शरदले टाेलीबाट नाम फिर्ता लिएको नेपाली टोलीका प्राविधिक विश्लेषक तथा व्यवस्थापक रमण सिवाकोटीले जनाएका छन् । उनका अनुसार शरदलाई ठिक हुन अझै ३/४ साता लाग्नेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *