प्रधानमन्त्री ओलि आज स्विट्जरल्याण्ड जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) स्विट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली ‘वर्ल्ड इकोनोमिक फोरम’ को ४९ औं वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्याण्ड जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीकन प्रेस सहयोगी चेतन अधिकारीका अनुसार ओली साँझ ८ः ५० बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

जनवरी २२ देखि २५ तारिकसम्म सञ्चालन हुने फोरमको बैठकलाई बैठकलाई ओलीले मंगलबार र बुधबार सम्बोधन गर्ने कार्यतालिका रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्विट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका राजनीतिक नेता तथा व्यवसायीहरुसँग समेत भेटघाट गर्ने बताइएको छ । प्रधानमन्त्री ओली १२ गते शनिबार स्वदेश फर्किने छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *