सरकारले पेलेर जान खोजे आन्दोलन गर्छौ : शेरबहादुर देउवा

पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको उनको आरोप छ । नेपाल निजामती कर्मचारी युनियन, गण्डकीको कार्यक्रममा देउवाले भने, ‘शिक्षा विधेयक होस् वा कर्मचारी समायोजन सम्बन्धमा ओली सरकारले हस्तक्षेप गर्न खोजेको देखिन्छ । उसले सबै क्षेत्रमा हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ, यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिन्छौं ।’

कांग्रेस स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको भन्दै उनले यसमा हुने हस्तक्षेप स्वीकार्य नहुने बताए । भने, ‘हामी इनडिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।’

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दाबी गरे । ओली सरकारले दुई तिहाईको सदूपयोग गर्न नसकेको भन्दै उनले भने, ‘स्थिरता र शान्ति हुँदाहुँदै सरकारले अवसरको सदूपयोग गर्न सकेन, ओली सरकार पूर्णतः असफल भएको छ ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *