ढाका डाइनामाइट्स विरुद्धको खेलमा प्लेइङ–११ मा सन्दीप

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत ढाका डाइनामाइट्सविरुद्ध प्लेइङ–११ मा परेका छन् । उनको टोली सिलेट सिक्सर छैटौं खेलमा ढाका डाइनामाइट्सविरुद्ध टस जितेर ब्याटिङ गर्दैछ ।

सिक्सरको प्लेइङ–११ मा सन्दीप लामिछानेसँगै निकोलस पुरन, आलोक कपाली, कप्तान डेभिड वार्नर, अलअमिन हुसेन, तस्कीन अहमद, अफिस हसन, जकर अलि, मोहमद इरफान छन् । पाँचौं खेलसम्म दुईमा जित र तीनमा हारको नतिजासहित सिलेट पुछारबाट दोस्रो स्थानमा छ । ढाका ८ अंकसहित शिर्षस्थानमा छ । यसअघि ढाकाविरुद्ध खेलमा महँगो सावित भएपछि सन्दीपले त्यसपछिको चौथो खेलमा टोलीमा स्थान बनाएका थिएनन् ।

पाँचौं खेलमा पुनरागमन गर्दै उत्कृष्ट बलिङसाथ १ विकेट लिएपछि उनको टोली सिलेट सिक्सर्स रंगपुर राइर्डसविरुद्ध २७ रनले विजयी भएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *