बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा

एजेन्सी – औसमाने डेम्बेलेको २ तथा लियोनल मेसीको १ गोलप्रेरित बार्सिलोनाले बिहीबार लेभान्टेलाई ३-० ले हराउँदै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पहिलो लेगमा २-१ ले पराजित भएको स्थिति उल्टाउँदै बार्सिलोनाले समग्रमा ४-२ को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो ।

पहिलो हाफमा डेम्बेलेले दुई गोल गर्ने बित्तिकै बार्सिलोनाले समग्रतामा अग्रता थिएको थियो ।  घरेलु मैदान नोउ क्याम्पमा दोस्रो हाफमा मेसीकै अर्को गोल थपेपछि बार्सिलोना सहज जित निकाल्न सफल भएको हो ।

नोभेम्बरमा गरिएको नियम परिवर्तनका कारण कोपा डेल रेमा निलम्बन लागु नहुने बार्सिलोनाले जनाएको छ । २०१५ मा अनुचित खेलाडी खेलाएका कारण रियाल मड्रीड प्रतियोगिताबाट बहिरिएको थियो ।

बिहीबारै इस्पान्योलले भिल्लारियललाई ३–१ तथा समग्रमा ५-३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । अर्काे खेलमा रियाल बेटिसले रियाल सोसिडाडलाई अवे गोलमा पछि पार्दै क्वाटरफाइनलमा स्थान बनायो ।  रियाल सोसिडाडको मैदानमा रियाल बेटिसले २–२ को बराबरी खेलेको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *