मन्त्रीद्वारा कार्यकक्षमै कुटिए सचीव

जनकपुरधाम – प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए । मन्त्री यादवले सचिवमाथि हातपात गर्दा सभामुख सरोज यादव पनि मन्त्रीकै कार्यकक्षमा थिए ।

मन्त्रीबाट कुटाई खाने सचिवलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएकोमा ४० वटा संस्था छनोट भएका थियो । मन्त्री यादवले सिफारिस गरेको एनजीओको नाम खुलाइएको छैन ।  सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मन्त्रालयको मुख्य ढोकामा धर्ना दिएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *