डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटो सहित)

काठमाडौं – चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा आज (शनिबार) काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

सोलिडारिटी फर डा केसी एलाइन्सले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै  प्रदर्शन गरेको हो । सो संस्थामा आबद्ध एक समूहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौता विपरित संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकमाथिको प्रतिवेदन पारित भएपछि डा. केसीले इलामबाट १६ औँ सत्याग्रह पुस २५ मा ६ बुँदे माग राखेर सुरु गरेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *