जातीय विभेद अन्त्यका लागि सह-भोज कार्यक्रम सम्पन्न

काठमाडौँ  – पृथ्वी जयन्तीको अवसरमा ‘सनातन धर्ममा जातिय विभेद छैन’ अभियानले काठमाडौँको जोरपाटीको बेशीगाउँस्थित गणेशचोकमा सहभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा हिन्दू यूवा संयोजन नेपाल, त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र सगोरा नेपालका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश नं.३ का प्रदेशसभा सदस्य रामेश्वर फुँयालले विगतको तुलनामा जातिय विभेद कम हुँदै गएको बताए । त्यस्तै अभियानका प्रमुख अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता राजु सुनारले देशको राजधानी जस्तो शिक्षित र विकसित  ठाउँमा नैै  अहिलेसम्म पनि जातिय विभेद कायम रहेको छ भने ‘हुम्ला जुम्ला जस्ता दुरदराजका गाउँवस्तीमा झन के हालत छ होला ?’ त्यसैले जातिय विभेदको अन्त्यमा लागि देखावटी व्यवहार भन्दा पनि चेतनास्तरमा सुधार हुनुपर्ने बताए ।

धार्मिक तथा सामाजिक अभियन्ता मन्दिरा दाहालले घर, मन्दिर आदि स्थलमा रहेको जातिय विभेद हटाउन पनि पहल गरिनुपर्ने बताईन्  त्यस्तै कार्यक्रममा बोल्दै  धार्मिक तथा सामाजिक अभियन्ता अर्जुन राना मगरले दलित जातिको सम्बन्ध देशको अर्थव्यवस्थासँग रहेका उल्लेख गर्दै राज्यले उनीहरूको शिल्पलाई आधुनिकीकरण गरिनुपर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष मनोज ढुङ्गाना, अभिषेक जोशी, लक्ष्मी मिजार, रञ्जीत बसेल, योगराज पोखरेल लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *