नेकपा नेता माधव नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा बुधबार भएको शिष्टाचार भेटमा नवनियुक्त राजदूतले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गरेको पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सचिवालयले जानकारी दिएको छ ।

भेटमा राजदूत यान्छीले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जानकारी दियो । नेता नेपालले नवनियुक्त राजदूतलाई नेपालमा स्वागत गर्दै नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपालमा वैदेशिक लगानीको वातावरण, भौतिक पूर्वाधार तथा आर्थिक विकास आदिका बारेमा जानकारी गराएको सचिवालयको भनाइ छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *