अफ्रिकन वर्ष खेलाडीको उपाधि सलाह लाइ

काठमाडौ – अफ्रिकन वर्ष खेलाडीको उपाधि लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले जितेका छन् । लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल सलाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पारे ।

सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहले यो अवार्ड लगातार दोस्रो पटक पाएका हुन् । सेनेगलमा आयोजना भएको विशेष समारोहमा सलाहले २०१७ र १८ को सिजनमा लिभरपुलका लागि ४८ गोल गरेका थिए । जसमा उनको प्रदर्शनले लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

यस्तै रसिया विश्वकपमा देशले खराब प्रदर्शन गरे पनि उनले दुई गोल गरेका थिए । सुरुवाती खेलमा चोटका कारण बेन्चमा बसेका सलाहले यो सिजनपनि २९ खेलमा १६ गोल गरेका छन । उपाधिसँगै सलाह वर्षको उत्कृष्ट टिम अफ दी इयरमा पनि परेका छन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *